Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको फैसला

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

    डिसेम्बर २०२४ मा आफ्नो शासन ढलेपछि असद परिवारसहित दमास्कसबाट भागेर मस्को पुगेका थिए। यससँगै उनको परिवारको पाँच दशक लामो सत्तामाथिको पकड अन्त्य भएको थियो।

    images

    यसै मुद्दामा अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्व प्रमुख आतेफ नजीबलाई पनि मृत्युदण्ड सुनाएको छ। न्यायाधीशले फैसला सुनाउँदा उनी अदालतभित्र एउटा पिँजडामा राखिएका थिए।दारालाई असद शासनविरुद्धको विद्रोह सुरु भएको स्थानका रूपमा लिइन्छ।

    सन् २०११ को मार्चमा सरकारविरोधी भित्ते लेख लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिइएको घटनाले दारा सहरमा विरोध प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरेको थियो।

    त्यसको प्रतिक्रियाले देशभर फैलिएको प्रदर्शनलाई थप चर्काउन मद्दत गर्‍यो र यो अन्ततः गृहयुद्धमा परिणत भयो । उक्त युद्धमा लाखौँ मानिस मारिएका थिए।

    ५ दशकभन्दा बढी समय सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको सुरुदेखि मुद्दा चलाउन थालेको हो।नजीब मुद्दा चलाइएका उच्च तहका अधिकारीमध्ये एक हुन्।

    उनलाई ५ वर्षभन्दा कम उमेरका बालबालिकाको जानाजानी हत्या र मृत्यु हुने गरी यातना दिएको लगायतका अपराधमा दोषी ठहर गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार