Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानमन्त्री शाहलाई मोदीको शुभकामना सन्देश हस्तान्तरण

प्रधानमन्त्री शाहलाई मोदीको शुभकामना सन्देश हस्तान्तरण

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा भारतीय राजदूत नवीन श्रीवास्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका छन्। 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेको राजदूत श्रीवास्तवले उल्लेख गरेका छन्। 

    images

    प्रधानमन्त्री शाहसँगको शिष्टाचार भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारतीय राजदूत श्रीवास्तवले द्विपक्षीय हितका विषयमा छलफल भएको जनाएका छन्। ‘भारत र नेपालबीचको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा फलदायी र सकारात्मक छलफल भयो,’ श्रीवास्तवले लेखेका छन्। 

    प्रधानमन्त्री शाहको सचिवालयले पनि भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको जनाएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार