Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इरानी राष्ट्रपतिले भने–‘न युद्ध न शान्ति’ को अवस्था अन्त्य गरौँ

इरानी राष्ट्रपतिले भने–‘न युद्ध न शान्ति’ को अवस्था अन्त्य गरौँ

आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले देशलाई वर्तमान अन्योलपूर्ण अवस्थाबाट बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन्। उनले इरान र अमेरिकाबिचको सम्बन्धलाई ‘न युद्ध, न शान्ति’को अवस्थाका रूपमा चित्रण गर्दै यसबाट मुक्त गर्नुपर्ने बताए।

    उनले ओमानमा भइरहेको वार्ताले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरेका छन्। इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज  पुन खोल्नका लागि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकासमक्ष ६ वटा मुख्य सर्तहरू राखेका छन्।

    images

    इरान र उसका मूल्यहरू विरुद्धका धम्कीहरू बन्द गर्नुपर्ने, इरान र क्षेत्रीय सहयोगीहरू विरुद्धको सैन्य कारबाही स्थायी रूपमा रोक्नुपर्ने, इरान विरुद्धको नौसैनिक र हवाई नाकाबन्दी हटाउनुपर्ने, युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्नेलगायत छन्।

    युद्धकै बिच टर्की, साउदी अरब र पाकिस्तानले मक्कामा एक रक्षा सम्झौता गरेका छन्। टर्कीका विदेशमन्त्री हकान फिदानले यो सम्झौतामा इजिप्ट पनि सहभागी हुन सक्ने बताएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार