Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युगान्डाका फुटबलर डेभिड ओवोरीको निधन

युगान्डाका फुटबलर डेभिड ओवोरीको निधन

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । युगान्डाका चर्चित फुटबल खेलाडी तथा एससी भिल्लाका कप्तान डेभिड ओवोरीको लुटपाटको क्रममा भएको हिंसात्मक आक्रमणपछि निधन भएको छ । स्थानीय प्रहरीका अनुसार मंगलबार राजधानी कम्पालामा ओवोरीमाथि संदिग्ध लुटेराहरूको समूहले आक्रमण गरेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार लुटेराहरूले उनको सामान लुट्ने प्रयास गर्दा उनले प्रतिरोध गरेका थिए । त्यसपछि आक्रमणकारीहरूले उनीमाथि हिंसात्मक हमला गरेका थिए।

    प्रत्यक्षदर्शीहरूका अनुसार हमलाकारीहरूले ढुंगाले प्रहार गर्दा ओवोरी गम्भीर रूपमा घाइते भएका थिए। आक्रमणपछि उनी घटनास्थलमै अचेत अवस्थामा भेटिएका थिए भने लुटेराहरू उनको सामान लिएर फरार भएका थिए। स्थानीय बासिन्दाले उनलाई तत्काल नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कम्पालास्थित एक निजी अस्पतालमा रेफर गरिएको थियो। चिकित्सकहरूले उनको ज्यान बचाउन प्रयास गरे पनि उपचारकै क्रममा बुधबार उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ।

    images

    २७ वर्षिय डेभिड ओवोरी युगान्डाको शीर्ष डिभिजन ‘युगान्डा प्रिमियर लिग’ अन्तर्गतको सफल क्लब ‘एससी भिल्ला’का कप्तान थिए । उनी टोलीका महत्वपूर्ण रक्षात्मक खेलाडीका रूपमा चिनिन्थे । ओवोरीले मुख्य रूपमा राइट–ब्याक र मिडफिल्डर दुवै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। क्लब फुटबलसँगै उनले युगान्डाको राष्ट्रिय फुटबल टोली द क्रेन्सको पनि प्रतिनिधित्व गरेका थिए।

    नेतृत्व क्षमता, मेहनत र अनुशासनका कारण उनी समर्थक र सहकर्मी खेलाडीहरूमाझ निकै लोकप्रिय थिए। ओवोरीको निधनपछि एससी भिल्लाले आधिकारिक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार