Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दक्षिण लेबनानमा हिंसा : एक लेबनानी नागरिक र दुई इजरायली सैनिकको मृत्यु

दक्षिण लेबनानमा हिंसा : एक लेबनानी नागरिक र दुई इजरायली सैनिकको मृत्यु

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ। दक्षिण लेबनानमा हिंसा चर्किँदा कम्तीमा एक लेबनानी नागरिक र दुई इजरायली सैनिकको मृत्यु भएको छ। यस घटनाले दुवै देशबिच जारी युद्धविराम कार्यान्वयनसम्बन्धी वार्तालाई थप चुनौतीपूर्ण बनाएको छ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले दक्षिणी सहर टिबनिनमा गरेको हवाई आक्रमणमा चिहानभित्र रहेको प्रार्थना भवनको छानामा क्षति पुगेको थियो । उक्त आक्रमणमा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

    images

    यसअघि दक्षिणी गाउँ माजदल जुनमा विस्फोटक पदार्थले भरिएको भवनभित्र भएको शक्तिशाली विस्फोटमा दुई इजरायली सैनिक मारिएका थिए । उक्त घटनामा एक सैनिक गम्भीर घाइते भएका छन् भने अन्य केही सैनिक पनि घाइते भएको इजरायली सेनाले जनाएको छ । मृतक सैनिकहरूको नाम हरेल बिरेनस्टक र तामिर वाक्निन रहेको पुष्टि गरिएको छ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणका कारण कम्तीमा ४ हजार ३३३ जनाको मृत्यु भइसकेको छ भने १२ हवार २५० जना घाइते भएका छन् । घटनापछि इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न क्षेत्रमा सटिक आक्रमण सुरु गरेको जनाएको छ।

    सेनाले यी कारबाही युद्धविराम उल्लङ्घनको जवाफ स्वरूप गरिएको दाबी गरेको छ । साथै अल–मान्सुरी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिँदै नयाँ विस्थापन सूचना पनि जारी गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार