Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्र बन्न सक्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।

    उनले नेपालमा अथाह पर्यटन सम्भावना हुँदाहुँदै पनि त्यसअनुसार यो क्षेत्र विकास हुन नसकेको बताए । नेपालसँग भौगोलिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक विविधताको अनुपम सम्पदा भए पनि राजनीतिक अस्थिरता, कमजोर शासकीय प्रणाली, पूर्वाधार अभाव र दीर्घकालीन दृष्टिकोणको कमीका कारण पर्यटनले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार