Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको अध्यक्षमा किशन प्रधान

वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको अध्यक्षमा किशन प्रधान

आइतवार, आषाढ ३० २०८१
  • काठमाडौं ः वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको अध्यक्षमा किशन प्रधान चयन भएका छन् । समाजको पाँचौं साधारण सभाबाट प्रधान अध्यक्षमा चयन भएका हुन् । शनिबार राजधानीमा सम्पन्न समाजको पाँचौं वार्षिक साधारण सभाबाट महासचिवमा देवेन्द्र नारायण श्रेष्ठ र कोषाध्यक्षमा मोतीलक्ष्मी श्रेष्ठ चुनिएका छन् । 

    सोही अवसरमा संस्थाको वार्षिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।

    images

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष पुष्पलाल महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संघकै पूर्वमहासचिव सुजितकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । 

    शुभकामना मन्तव्य राख्दै उनले व्यवसायी सरकारद्वारा विभिन्न ढंगले हतोत्साहित गराउने गरेकोले यसको सशक्त प्रतिवाद गर्नु जरुरी रहेको बताए । समाजका अध्यक्ष प्रधानले वैदेशिक रोजगारका समस्या समाधान गर्न संघलाई सहयोग गर्नुका अतिरिक्त नेवाः सभ्यताको विकास र उन्नयनका लागि समाजिक उत्तरदायित्वका काममा पनि सक्रिय बनाउने बताए । कार्यक्रम समाजका तृतीय उपाध्यक्ष प्रवीण श्रेष्ठले सञ्चालन गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार