Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युद्धविराम सम्झौता विफल बनाउन गाजामा आक्रमण तीव्र पारेको आरोप

युद्धविराम सम्झौता विफल बनाउन गाजामा आक्रमण तीव्र पारेको आरोप

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। युद्धविराम सम्झौतामा खलल पुर्‍याउन इजरायलले गाजा क्षेत्रमा आक्रमण गरेको प्यालेस्टिनी समूह हमासले आरोप लगाएको छ । हमासले जारी गरेको विज्ञप्तिमा इजरायलको जानाजानी गरिएको सैन्य आक्रमणको तीव्रताले मध्यस्थकर्ताहरू, विशेषगरी अमेरिकासँग भएको समझदारीलाई अवरुद्ध गर्न खोजेको दाबी गरिएको छ।

    ती समझदारीहरू युद्धविराम सम्झौताको दोस्रो चरण लागू गर्नका लागि भएको बताइएको छ । इजरायलको अन्धाधुन्ध र आपराधिक बमबारीका कारण गाजामा सम्पूर्ण परिवारहरूकै मृत्यु भएको आरोप लगाउँदै मध्यस्थकर्ताहरूलाई इजरायलमाथि तत्काल दबाब सिर्जना गरेर आक्रमण रोक्न हमासले आग्रह गरेको छ।

    images

    यसैबिच, आइतबार इजरायली सेनाले गाजामा आक्रमण जारी राख्दा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनका लागि नयाँ मार्गचित्र (रोडम्याप) सार्वजनिक गरेका थिए।

    उक्त प्रस्तावअनुसार हमासले आफ्ना हतियार त्याग्नुपर्ने अनि इजरायली सेना गाजाबाट चरणबद्ध रूपमा फिर्ता हुनुपर्ने व्यवस्था समावेश छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार