Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्र बैंकको तथ्याङ्क : देशबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब २५ अर्बले धेरै

राष्ट्र बैंकको तथ्याङ्क : देशबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब २५ अर्बले धेरै

शुक्रवार, आषाढ २८ २०८१
  • काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा मुलुकबाट बाहिरिने रकमभन्दा मुलुकमा धित्रिने रकम चार खर्ब भन्दा बढी भएको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिम गरेको तथयाङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब २५ अर्बले धेरै देखिएको हो । 

    images

    मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ।

    अघिल्लो वर्षको असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ। यसको अनुपातमा आयातमा भइरहेको कमीले पनि भुक्तानी सन्तुलन देखिएको हो।

    आयात घटेको कारण मुलुकको चालु खाता पनि दुई खर्ब रूपैयाँ नाफामा देखिएको छ। वार्षिक रूपमा भने यस्तो खाता आर्थिक वर्ष २०७३/७४ देखि नोक्सानमा रहँदै आएको छ। चालु आर्थिक वर्ष अन्त्यसम्ममा भने यो वर्ष चालु खाता नाफामा देखिने सम्भावना रहेको राष्ट्र बैंकले बताएको छ।

    चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ। चालु आर्थिक वर्षको ११ महिनामा आयात १.८ प्रतिशतले घटेर १४ खर्ब ५३ अर्ब रूपैयाँमा सीमित भएको छ। १३ खर्ब २७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। 

    यो अवधिमा पर्यटकबाट भएको आम्दानी ७६ अर्ब ५५ करोड रूपैयाँ छ।  प्रत्यक्ष वैदेशिक लगानी २७.६ प्रतिशतले बढेर आठ अर्ब २३ करोड रूपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार