Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जेठसम्ममा आयो १३ खर्ब २७ अर्ब बढी बढी रेमिटेन्स

जेठसम्ममा आयो १३ खर्ब २७ अर्ब बढी बढी रेमिटेन्स

बिहिवार, आषाढ २७ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८०-८१ को एघार महिना (साउनदेखि जेठ) सम्ममा १३ खर्ब २७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

    १८ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। जेठ एक महिनामा मात्रै एक खर्ब २८ अर्ब ९० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो। यो वैशाखमा भित्रिएकोभन्दा करिब १३ अर्ब रूपैयाँले धेरै हो।

    images

    वैशाखमा मासिक एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएकोमा जेठमा एक खर्ब २८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। वार्षिक आधारमा भने १९.३ प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष २०७९-८० को एघार महिनासम्ममा ११ खर्ब १२ अर्ब रेमिटेन्स भित्रिएको थियो।

    रेमिटेन्स भित्रने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। बैंकहरूमा संकलन भएको निक्षेप बार्षिक ५ खर्ब १४ अर्ब रूपैयाँले बढेको छ। निक्षेप ९ प्रतिशतले बढेको हो।

    यो एघार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ५ प्रतिशतले घटेको छ। चालु आवको यो अवधिमा भने ६ लाख ८५ हजारले नयाँ र पुन श्रम स्वीकृति लिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार