काठमाडौँ । वैदेशिक रोजगार विभागले कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।
विभागले सोमबार ती कम्पनीहरुले कानूनविपरीत कार्य गरेको भन्दै तत्काल कुनै पनि कारोबार गर्न नपाउने गरी कारबाही गरेको जनाएको हो ।
विभागले वैदेशिक रोजगारमा पठाउने श्रमिकसँग रकम बढी लिएको, अलपत्र परेका श्रमिकलाई उद्धार नगरेको, पीडितलाई रकम फिर्ता नगरेको भन्दै कारोवार रोक्का गरेको हो ।
खारेज तथा खाता रोक्कामा पर्नेमा पहिलो नम्बरमा ए वन ओभरसिज प्राली रहेको छ भने अन्तिम तथा ५८४ नम्बरमा जेनिथ प्रोग्रेसिभ प्राली रहेको छ । यसरी खारेज भएका तथा करोबार रोक्का भएका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कार्य गर्न नपाउने भएका छन् ।
यी हुन् कारबाहीमा परेका ५८४ म्यानपावरः



