Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रममन्त्रीले नै ताकेता गरेपछि व्यवसायीले बुझाए फ्री भिसा, फ्री टिकटको विवरण

श्रममन्त्रीले नै ताकेता गरेपछि व्यवसायीले बुझाए फ्री भिसा, फ्री टिकटको विवरण

मंगलवार, आषाढ २५ २०८१
  • काठमाडौं । वैदेशिक रोजगार विभागमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद आचार्यले नै ताकेता गरेपछि दुई दर्जन म्यानपावर कम्पनीले चालु आर्थिक वर्षमा फ्री भिसा, फ्री टिकट अर्थात शून्य लागतमा कामदार वैदेशिक रोजगारमा पठाएको विवरण विभागमा पठाएका छन् । यसको लागि मन्त्री अर्यालले वैदेशिक रोजगार विभागमा झण्डै २ घण्टा समय बिताएका थिए । फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण साउन १ गतेभित्र बुझाउन गत असार १७ गते सूचना प्रकाशित गरेपनि श्रममन्त्रीले नै विभागमा गएर दवाव दिएपछि व्यवसायीहरू समय समीभान्दा अगाडि नै विवरण बुझाउन बाध्य भएका हुन् । 

    फ्री भिसा, फ्री टिकटअन्तर्गत पठाएको श्रम गन्तव्य मुलुक, रोजगारदाता कम्पनीको संस्था, कामदारको नाम, उनीहरूको नेपालको सम्पर्क नम्बर, काम, तलबलगायतका विवरण पठाउन विभागले निर्देशन दिएअनुसार एफएसआई वल्र्डवाइड नेपाल प्रा.लि., स्टेभान गुर्खा सर्भिस प्रा.लि., टाइटानिक म्यानपावर सप्लायर्स प्रा.लि., रिलायन्स एचआर सोलुसन प्रा.लि., मिराकल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि. र नासा ह्युमन रिसोर्स प्रा.लि., गुड एलायन्स ओभरसिज प्रा.लि., ब्रोडलिंक ओभरसिज प्रा.लि., सोलो एशिया रिक्रुटमेन्ट प्रा.लि., वाइज इन्टरनेशनल नेपाल प्रा.लि., मित्र ओभरसिज प्रा.लि., सुनकोशी म्यानपावर सर्भिस प्रा.लि., नवजीवन इन्टरनेशनल प्रा.लि. र ब्रिटिश गुर्खा ओभरसिज सर्भिस प्रा.लि.  ले विवरण पठाएका हुन् । 

    images

    फ्री भिसा, फ्री टिकट अर्थात शून्य लागतमा कामदार पठाएको विवरण पठाएका म्यानपावर कम्पनीहरूले कुनै रकम लिएको भए उजुरी दिन पनि विभागले आग्रह गरेको छ । सोमबार सार्वजनिक गरिएको दुई दर्जन म्यानपावर कम्पनीहरूको सूचीमा शून्य लागत र इम्प्लोइमेन्ट पे मोडलमा कामदार पठाउँदै आएका इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. र आकर्षण इन्टरनेशनल प्रा.लि. जस्ता धेरै कामदार पठाएका म्यानपावर कम्पनीको नाम भने समावेश छैन । विभागमा विवरण पठाउने समयसीमा अझै बाँकी रहेकोले समयसीमाभित्र नै विवरण पठाउने तयारीमा बाँकी व्यवसायीहरु रहेका छन् । 

    कतिपय म्यानपावर कम्पनीले एजेन्ट र बिचौलिया परिचालन फ्री भिसा फ्री टिकट भएपनि मोटो रकम लिएको आशंका वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ । २०७२ सालमा फ्री भिसा, फ्री टिकटको प्रावधान ल्याइएको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार