Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मार्भल युनिभर्समा अर्को ‘घोस्ट राइडर’ बन्दैछन् रायन गोस्लिङ

मार्भल युनिभर्समा अर्को ‘घोस्ट राइडर’ बन्दैछन् रायन गोस्लिङ

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । हलिउड अभिनेता रायन गोसलिङ मार्भल सिनेमाटिक युनिभर्स (एमसियु)मा घोस्ट राइडरको भूमिकामा देखिने भएका छन्।

    सान डिएगो कमिक–कन २०२६ मा मार्भल स्टुडियोजले ठूलो घोषणा गर्दै यो जानकारी दिएको हो । मार्भल स्टुडियोजका अध्यक्ष तथा निर्माता केभिन फाइगीले कार्यक्रमका क्रममा यो नयाँ फिल्मको औपचारिक घोषणा गरेका हुन्।

    images

    घोस्ट राइडरको निर्देशन शोन लेभीले गर्नेछन् । उनले यसअघि सन् २०२४ मा प्रदर्शन भएको डेडपुल एन्ड वुल्भरिन निर्देशन गरेका थिए, जुन अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने आर–रेटेड फिल्म बनेको थियो । हाल रायन गोसलिङ र शोन लेभी स्टार वार्सः स्टारफाइटर फिल्ममा पनि सँगै काम गरिरहेका छन् । उक्त फिल्मको पटकथा जोनाथन ट्रोपरले लेखिरहेका छन्।

    यसैबिच, सिनर्सका निर्देशक रायन कुग्लरले ब्ल्याक प्यान्थर ३ पनि निर्देशन गर्ने घोषणा गरेका छन् । सन् २०२८ मा प्रदर्शन हुने लक्ष्य राखिएको यस फिल्ममा इङ्ग्लिस अभिनेता डेभिड जोनसन वाकान्डाका नयाँ राजाको भूमिकामा देखिनेछन् । यसअघि यो भूमिका दिवंगत अभिनेता चाडविक बोसम्यानले निभाएका थिए । उनको सन् २०२० मा क्यान्सरका कारण निधन भएको थियो।

    यसअघि २००७ को घोस्ट राइडर र २०११ को 'घोस्ट राइडरः स्पिरिट अफ वेन्जेन्स'मा निकोलस केजले घोस्ट राइडरको भूमिका निर्वाह गरेका थिए । यी दुई फिल्मले विश्वव्यापी रूपमा ३६ करोड १० लाख डलरभन्दा बढी कमाएका छन्।यी दुबै फिल्म मोटरसाइकल स्टन्टम्यान जोनी ब्लेजको वरिपरि घुमेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार