Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री

सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अमेरिकासँग नयाँ सम्झौता गर्न भिख मागिरहेको दाबी गरेका छन् । फिलिपिन्सको राजधानी मनिलामा आयोजित आसियान शिखर सम्मेलनको अवसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति इरानप्रति अझ कडा हुने सङ्केत दिए ।

    रुबियोका अनुसार इरानले बारम्बार अमेरिका समक्ष वार्ताको प्रस्ताव राख्दै आएको छ ।  ‘इरानले हामीसँग भिख मागिरहेको छ, प्रत्यक्ष र परोक्ष दुवै रूपमा भनिरहेको छ, सम्झौता गरौँ । वार्ता गरौँ । कुरा गरौँ,’ उनले भने । हरेक पटक अमेरिका र इरानले युद्धविराम वा अन्य सम्झौता हुँदा इरानका नेतृत्वकर्ताहरूले ती सम्झौता उल्लङ्घन गर्ने वा पछि त्यसका सर्त परिवर्तन गर्न खोज्ने गरेको आरोप उनले लगाए।

    images

    इरानले आफ्नो व्यवहार परिवर्तन नगरेसम्म उसले निरन्तर ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि रुबियोले दिए । उनका अनुसार अमेरिकाले हरेक रात गर्ने सैन्य कारबाहीसँगै इरानले बेहोर्नुपर्ने क्षति झन् बढ्दै गएको छ । अहिलेको अवस्थामा राष्ट्रपति ट्रम्पले इरानका वार्तासम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिने कुनै आवश्यकता नदेखेको उनले बताए । रुबियोका अनुसार इरान हालसम्म आफूले पालना गर्न तयार हुने किसिमको सम्झौता गर्न इच्छुक देखिएको छैन।

    रुबियोको यो अभिव्यक्ति इरानका विदेशमन्त्री अब्बास अराघचीले हालै इरानको रक्षा नीति आँखाको बदलामा आँखा रहेको बताएका केही घण्टापछि आएको हो।अराघचीले इरानको पूर्वाधारमाथि हुने कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिएका थिए।

    यसै सन्दर्भमा रुबियोले राष्ट्रपति ट्रम्पको नीति इरानको भनाइभन्दा अझ कडा रहेको उल्लेख गर्दै आँखाको बदलामा टाउको लिने टिप्पणी गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार