Oct 29 2026 | २०८३ कार्तिक १३ गते

मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’

मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिकामा कुनै पनि हालतमा पक्राउ नगरिने स्पष्ट पारेका छन्। न्युयोर्क सहरका मेयर जोहरान ममदानीको टिप्पणीपछि ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।

    मेयर ममदानीले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) मा सहभागी हुन नेतन्याहू न्युयोर्क आएमा उनलाई पक्राउ गर्ने सम्भावनाबारे आफ्नो कार्यालयले विचार गरिरहेको बताएका थिए। त्यसपछि ट्रम्पले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘बेन्जामिन नेतन्याहू अमेरिकामा रहँदा उनलाई कुनै पनि हिसाबले पक्राउ गरिने छैन।’

    images

    नेतन्याहूले इरानविरुद्ध लडिरहेको उल्लेख गर्दै ट्रम्पले थपेका छन्, ‘उनी इरानविरुद्ध लडिरहेका छन्, जसले हालै ५२ हजार निर्दोष प्रदर्शनकारीको ज्यान लियो।’ इरानले विगत ४७ वर्षदेखि अमेरिकी सैनिकहरूसहित धेरैको हत्या गर्दै आएको दाबी पनि ट्रम्पले गरेका छन्।

    आफ्नो भनाइलाई अगाडि बढाउँदै ट्रम्पले लेखेका छन्, ‘पक्राउ त ती मानिसहरूलाई गरिनुपर्छ, जसले इरानलाई मृत्यु र विनाशको यस्तो अवस्थामा पुर्‍याए।’ यो विषय अघिल्ला राष्ट्रपतिहरूले धेरै वर्ष पहिले नै सल्ट्याउनुपर्ने उनको भनाइ छ।

    अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले सन् २०२४ मा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र इजरायलका अन्य केही नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनीहरूमाथि ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि गाजामा युद्ध अपराध गरेको आरोप लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार