काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ आज काठमाडौं आएका छन् । तीन दिने नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकका लागि उनी काठमाडौं आएका हुन् ।
मन्त्री सुन बेइडोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए । स्वागतमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग पनि विमानस्थल पुगेका थिए ।
संयन्त्रको बैठक मंगलबार हुनेछ । सो बैठकमा नेपाल र चीनका अधिकारीहरुबीच सीमा व्यवस्थापन, व्यापार, लगानी, आपसी सहयोग लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयलको जनाएको छ ।



