Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ -वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौँ महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रीम विक्रम तिमोथी, काठमाडौँ महानगरपालिका-१५ बस्ने धादिङ घर भएका ४९ वर्षीय दिपक चन्द्र गौतम, काठमाडौँ महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४४ वर्षीय धन प्रसाद काफ्ले, काठमाडौँ महानगरपालिका-११ बस्ने रूपन्देही घर भएकी ४० वर्षीया रूपा सुनार र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने जुम्ला घर भएका २९ वर्षीय रमेश स्वाँर रहेका छन् ।

    images

    प्रहरीका अनुसार टिकाले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ, सरिताले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख रुपैयाँ, अग्रीम बिक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ८५ हजार रुपैयाँ, दिपक चन्द्रले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ९४ हजार रुपैयाँ, धन प्रसादले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रुपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २१ लाख रुपैयाँ र रमेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।

    सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा उनीहरूलाई विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार