Oct 28 2026 | २०८३ कार्तिक १२ गते

९० हजार विदेशी पर्यटक भित्रिए एक महिनामा, कुन देशबाट कति ?

९० हजार विदेशी पर्यटक भित्रिए एक महिनामा, कुन देशबाट कति ?

आइतवार, जेठ २० २०८१
  • काठमाडौं ।  सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । 

    सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने यस्तो सङ्ख्या ७८ हजार ३२९ जना रहेको थियो । 

    images

    कुन देशबाट कति आए ?

    सार्वजनिक रिपोर्टअनुसार यस महिना सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ४२.४४ प्रतिशतको हिस्सा हो । 

    यस्तै, सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ८ हजार ३८१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ९.२९ प्रतिशत हो । 

    एसियन महादीप अन्तर्गतका सार्क मुलुकहरूबाट ४३ हजार ८०३ जना पर्यटक आएका छन् भने अन्य दक्षिण एसियाली मुलुकहरूबाट १४ हजार ४२५ जना, युरोपेली मुलुकहरूबाट ११ हजार २१४ जना, सामुन्द्रिक मुलुकहरूबाट २ हजार ५१४ जना र अमेरिकी मुलुकहरूबाट ९ हजार ५४२ जना आएका छन् । 

    यसै अवधिमा मध्यपूर्वी देशहरू इजरायल, टर्की लगायतका देशहरूबाट ७ हजार ७८३ जना पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार