Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै रहने, सर्वोच्चद्वारा रिट खारेज

सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै रहने, सर्वोच्चद्वारा रिट खारेज

मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं । लामो समयदेखि विवादमा परेको सिरानचोक गाउँपालिकाको केन्द्र अन्ततः वडा नं. ५ चित्रे पोखरीमै कायम हुने भएको छ। गाउँसभाको दुई तिहाइ बहुमतले गरेको निर्णयलाई अस्वीकार गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेपछि गाउँपालिकाको केन्द्रबारेको बहस अन्त्य भएको छ।

    २०७७ असार ३१ गते बसेको गाउँसभाले गाउँपालिकाको केन्द्र तत्कालीन वडा नं. ५ छोप्राक मैदानबाट सारेर सोही वडाको चित्रे पोखरीमा कायम गर्ने निर्णय गरेको थियो। गाउँसभाको निर्णयलाई तत्कालीन अध्यक्ष राजु गुरूङ, उपाध्यक्ष र गाउँकार्यपालिकाविरुद्ध चूडामणि पोखरेलसहित नौ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसबेला सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै केन्द्र सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

    images

    त्यसकाे केहि समयमा नै चित्रेपाेखरीबाट नै सेवा कार्यालय सञ्चालन गरि गाउँपालिकाकाे कार्यालय हाल चित्रेपाेखरीमा नै कायम छ ।

    तर लामो समयसम्म मुद्दा विचाराधीन रहेपछि आइतबार न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले सबै दाबी खारेज गर्दै रिट नै खारेज गरिदिएको हो। यससँगै गाउँसभाले दुई तिहाइ बहुमतले गरेको केन्द्र चित्रे पोखरीमै रहने निर्णय सदर भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार