Oct 31 2026 | २०८३ कार्तिक १५ गते

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

सोमवार, जेठ ४ २०८३
  • उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका-७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।

    आज यहाँ आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पुलको उद्घाटन गरेका हुन्।  

    images

    काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत निर्माण सम्पन्न भएको उक्त पुल उत्तरी गोरखा जोड्ने मुख्य संरचना हो।

    पुल निर्माण सम्पन्न भएसँगै उत्तरी गोरखा पुग्ने स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई वर्षभर सवारी आवागमनमा सहजता हुने धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले बताए।

    उनका अनुसार पुल निर्माण भएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला तथा चुमनुब्री गाउँपालिकामा आवतजावत सहज भएको हो ।

    नौलीखोलामाथिको निर्मित पुल सञ्चालनमा आएसँगै उत्तरी गोरखाबासीले चर्को भाडा तिरेर खाद्यान्नलगायत सामग्री ढुवानी गर्नुपर्ने बाध्यता अन्त्य हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे।

    पुल निर्माणका लागि विसं २०७९ साउन २३ गते सूर्यदय कन्स्ट्रक्सन कम्पनी प्रालिसँग चार करोड ३४ लाख ७५ हजार ३५९ लागतमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ।

    विसं २०८१ साउन २२ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि आगामी साउन २२ गतेसम्मका लागि पुनःम्याद थप गरिएको थियो।

    करिब ३५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको उक्त पुल प्रिस्ट्रेस प्रविधिमा निर्माण भएको छ। निर्माण कम्पनीले केही दिनअघि मात्र पुल निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार