Oct 30 2026 | २०८३ कार्तिक १४ गते

पालुङटार नगरपालिका LISA स्वमूल्याङ्कनमा गण्डकी प्रदेशमै उत्कृष्ट

पालुङटार नगरपालिका LISA स्वमूल्याङ्कनमा गण्डकी प्रदेशमै उत्कृष्ट

आइतवार, भाद्र ८ २०८२
  • काठमाडौं । पालुङटार नगरपालिकाले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुणस्तर परीक्षणमा गण्डकी प्रदेशमै उत्कृष्ट उपलब्धि हासिल गरेको छ। नगरपालिकाको श्रेणीमा पालुङटारले गण्डकी प्रदेशभर प्रथम स्थान प्राप्त गर्न सफल भएको छ भने समग्र मूल्याङ्कनमा प्रदेशभर तृतीय स्थान र गोरखा जिल्लामा भने समान अंक (८७.७५) सहित पहिलो स्थानमा रहन सफल भएको हो। समान अंक सहित भिमसेन थापा गाउँपालिका पनि प्रथम भएको छ ।

    यस उपलब्धिलाई पालुङटारवासीका लागि गर्वको विषय रहेको भन्दै नगरपालिकाले पारदर्शी, उत्तरदायी र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको प्रतिबद्धताको परिणामस्वरूप यो उपलब्धि हासिल भएको नगरप्रमुख विवस चिन्तनले बताएका छन्।

    images

    उनका अनुसार, “नीति निर्माणदेखि कार्यान्वयनसम्मको समन्वय, जनप्रतिनिधि, कर्मचारी र समुदायको सक्रिय सहभागिताले पालुङटारलाई उत्कृष्ट नतिजासम्म पुर्‍याएको हो।”

    नगरपालिकाले विगत केही वर्षदेखि सुशासन, सेवा प्रवाहको गुणस्तर, नागरिक सहभागिता र समग्र संस्थागत क्षमता विकासमा निरन्तर सुधारका प्रयासलाई अघि बढाउँदै आएको छ। अबको प्रमुख चुनौती भनेको यस उपलब्धिलाई स्थायी र अझ प्रभावकारी बनाउन तथा आगामी वर्षहरूमा नयाँ–नयाँ नविनता सेवा र कार्यशैलीमा ल्याउनु रहेको नगरले जनाएको छ।

    नगरपालिकाले सम्पूर्ण नगरवासी, कर्मचारी, जनप्रतिनिधि र सहयात्रीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट र प्रभावकारी सेवा प्रवाह गर्ने संकल्प व्यक्त गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार