Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि काठमाडाैं र चितवनमा बारपाक सुलिकोटको घुम्ती शिविर

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि काठमाडाैं र चितवनमा बारपाक सुलिकोटको घुम्ती शिविर

शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडाैं। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

    सामाजिक सुरक्षा भत्ता नियमावली २०७६ र सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ को आधारमा घुम्ती सेवा प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको हो ।

    images

    पालिकाका अनुसार लाभग्राहीहरूलाई गाउँमै सेवा दिन घुम्ती शिविर सञ्चालन हुनेछ । घुम्ती शिविर यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडाैं र चितवनमा सञ्चालन हुनेछ ।

    सेवामा स्थानीय कार्यालयका कर्मचारीहरू खटिनेछन् । स्थायी बसोबासी पालिकामा भएपनि हाल काठमाडाैं र चितवनमा रहँदै आएकाहरुको सहजताका लागि घुम्ती शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेद्वारा जारी सूचनामा उल्लेख छ ।

    शिविर हुने मिति, स्थान र लक्षित वडावासी :

    मिति स्थान वडा
    साउन २६ गणेश खाजा घर, रिजाल चोक, चितवन १ देखि ८ वडाका लाभग्राही
    साउन २७ गणेश खाजा घर, रिजाल चोक, चितवन १ देखि ८ वडाका लाभग्राही
    साउन २९ ताकुकोट सेवा समाजको कार्यालय, वनस्थली, काठमाडाैं १ देखि ४ वडाका लाभग्राही
    साउन ३० ताकुकोट सेवा समाजको कार्यालय, वनस्थली, काठमाडाैं ५ देखि ८ वडाका लाभग्राही
    साउन ३१ ताकुकोट सेवा समाजको कार्यालय, वनस्थली, काठमाडाैं सम्पूर्ण छुट लाभग्राही

    गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूलाई तोकिएको मितिमा सम्बन्धित स्थानमा आवश्यक कागजातसहित अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार