Oct 31 2026 | २०८३ कार्तिक १५ गते

किसानलाई दूधको रकम भुक्तानी तीव्र : दैनिक १ करोड भुक्तानी हुँदै, दुई दिनमा एक महिनाको भुक्तानी हुने

किसानलाई दूधको रकम भुक्तानी तीव्र : दैनिक १ करोड भुक्तानी हुँदै, दुई दिनमा एक महिनाको भुक्तानी हुने

सोमवार, जेठ ११ २०८३
  • काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भैरहेको छ। 

    पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसेको छ, भने एक महिनाको रकम आउँदो १३ गते भित्र भुक्तानी गर्ने तयारी छ।

    images

    डीडीसीको हाल दैनिक करिब १ करोड रुपैयाँको कारोबार भैरहेको छ भने सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भैरहेको छ। बाँकी रहेको रकम करिब ४६ करोड रुपैयाँ २ महिनामा भुक्तानी हुने गरि कार्य भैरहेको छ।

    दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले बताएकी छन्।

    दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार