Oct 31 2026 | २०८३ कार्तिक १५ गते

२७ अङ्कले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार

२७ अङ्कले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार

सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । सोमबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । सातको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८५ बिन्दुले बढेर २७८६.३५ बिन्दुमा पुगेको हो ।

    यो दिन  ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहको सूचक मध्ये १२ वटाको सूचकमा हरियाली छाएको छ । म्युचुअल फन्डको सूचक घटेको छ ।

    images

    आज बजारमा २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन आएको छैन । सबैभन्दा धेरै वृद्धि थ्रिस्टार हाइड्रोपावरमा ९.०१ रुपैयाँले हुँदा सुपर खुदी, अप्पर हेवाखोला, माया खोला र रिडिज लाइनका सेयर लगानीकर्ताले कमाएका छन् ।

    आँखु खोलाको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिडि पावरको ३० करोड, एपीआई पावरको १८ करोड, नेसनल हाइड्रोको १५ करोड र न्यादी गुप्रको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार