Oct 31 2026 | २०८३ कार्तिक १५ गते

मन्त्री फेरिदैपिच्छे हेटौँडा कपडा उधोगको चर्चा

मन्त्री फेरिदैपिच्छे हेटौँडा कपडा उधोगको चर्चा

आइतवार, जेठ १० २०८३
  • काठमाडौँ । गौरी कुमारी यादवले शनिबार हेटौँडा पुगेर हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएकी छन्।
    उद्योगको निरीक्षणपछि उनले बन्द उद्योगलाई पुनर्जीवन दिन आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइने बताएकी हुन्।
    निरीक्षणका क्रममा उद्योगका भवन, मेसिन, गोदाम तथा अन्य पूर्वाधारको अवस्था अध्ययन गरिएको थियो। लामो समयदेखि सञ्चालन बन्द हुँदा उद्योगका अधिकांश संरचना जीर्ण बनेको बताइएको छ।
    सरकारले सरकारी स्वामित्वका उद्योगलाई पुनः सञ्चालनमा ल्याउने नीति लिएको भन्दै उद्योगमन्त्री यादवले हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखिएको बताइन्। तर यसअघि पनि विभिन्न सरकार र उद्योगमन्त्रीहरूले उद्योग सञ्चालनको आश्वासन दिए पनि कार्यान्वयन हुन सकेको थिएन।
    ०३५ सालमा चीनको सहयोगमा स्थापना भएको उद्योग ०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ। राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र अदक्ष कर्मचारी भर्तीका कारण उद्योग धराशायी बनेको स्थानीयको भनाइ छ।
    यसैबीच मन्त्री यादवले मयूरधाप औद्योगिक क्षेत्रको जग्गा विवाद समाधान गरी परियोजना अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार