Oct 31 2026 | २०८३ कार्तिक १५ गते

विद्यादेवी भण्डारीले यसरी सम्झिन् मदन भन्डारीलाई

विद्यादेवी भण्डारीले यसरी सम्झिन् मदन भन्डारीलाई

शनिवार, जेठ ९ २०८३
  • काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने नेताको रूपमा स्मरण गरेकी छिन् । काठमाडौँमा भएको ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना दिवङ्गत पति भण्डारीको प्रशंसा गरिन ।

    उनले मदन राजनीतिक आन्दोलनलाई सुदृढ सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक, विचारक र जनताको आकाङ्क्षालाई राजनैतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता पनि भएको चर्चा गरिन् ।

    images

    सञ्चारको शक्ति, जनमतको महत्त्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री सुपरिचित राजनीतिज्ञका रूपमा मदनलाई चित्रण गर्दै उनले मदनले त्यति बेला पत्रकारसङ गरेका संवादहरू आज पनि सान्दर्भिक रहेको उल्लेख गरिन् ।

    लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू अहिले पनि राष्ट्रिय बहसका प्रमुख विषय रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मदनका विचारहरूको गम्भीर अध्ययन र समयानुकूल प्रयोग गर्न आवश्यक रहेको बताइन् ।

    उनले भनिन्– ‘जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयानुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार