Oct 31 2026 | २०८३ कार्तिक १५ गते

कर्मचारीलाई ठूलो राहत: श्रम मन्त्री रामजी यादवको पहलमा ओभरटाइम भत्ता सुनिश्चित

कर्मचारीलाई ठूलो राहत: श्रम मन्त्री रामजी यादवको पहलमा ओभरटाइम भत्ता सुनिश्चित

शनिवार, जेठ ९ २०८३
  • काठमाडौ । बालेन सरकारका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको पहलमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको श्रम अधिकार सुनिश्चित भएको छ।

    मन्त्रालयको निर्देशनपछि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै अतिरिक्त समय काम गराउँदा अनिवार्य ओभरटाइम भत्ता (OT Allowance) दिनुपर्ने व्यवस्था गरेको हो।

    images

    अबदेखि कुनै पनि कर्मचारीलाई इच्छाविपरीत अतिरिक्त समय काम गर्न बाध्य पार्न पाइने छैन भने श्रम ऐन पूर्ण रूपमा पालना गर्नुपर्नेछ।

    लामो समयदेखि अतिरिक्त कामको उचित पारिश्रमिक नपाएका हजारौँ बैंक कर्मचारी र सुरक्षा गार्डहरू मन्त्री यादवको यो ऐतिहासिक कदमबाट लाभान्वित हुने भएका छन्।

     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार