Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सरकारले किन रोक्यो सार्वजनिक सवारी साधनको नयाँ दर्ता ?

सरकारले किन रोक्यो सार्वजनिक सवारी साधनको नयाँ दर्ता ?

शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ ।

    बिहीबार यातायात व्यवस्था विभागले प्रदेशस्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो । योसँगै शुक्रबारदेखि यातायात कार्यालयले कालो नम्बर प्लेटका गाडीको दर्ता रोक्का गरेका छन् ।

    images

    यसरी दर्ता रोक्का गर्नुका पछाडि चारवटा कारणहरू उल्लेख गरेको छ– अत्यधिक वायु प्रदूषण, सवारीको चाप, ट्राफिक जाम र इन्धनको बढ्दो मूल्यवृद्धि । यसको अर्थ सरकारले कुनै खास कारण उल्लेख नगरी सवारी साधनको नयाँ दर्ता रोक्का गर्न खोजेको जस्तो देखिन्छ ।

    यातायात व्यवस्था ऐन २०४९ ले सरकारलाई सवारी साधनको दर्ता रोक्ने अधिकार दिएको छ । ऐनको दफा २४ मा वातावरणको प्रदूषण, सवारीको चाप, सडकको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाइ वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितको लागि दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले यातायात व्यवस्था कार्यालयलाई सवारीको दर्ता रोक्का गर्ने आदेश दिन सक्ने उल्लेख छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल वैज्ञानिक अध्ययन गरेर कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित नभएसम्मका लागि नयाँ दर्ता रोकिएको बताउँछन् ।

    ‘हामीले सूचनामा पनि प्रस्ट रूपमा कारण उल्लेख गरेका छौँ । कहाँ कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित गरेपछि मात्रै नयाँ दर्ता खुला गर्ने भन्ने हो,’ पोखरेल भन्छन्, ‘कति समयभित्र यस्तो अध्ययन सम्पन्न हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।’

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार