Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु

सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु

शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौं, ८ जेठ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको छ । 

    पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार सगरमाथाको चुचुरो बाट ओर्लने क्रममा कम्तीमा दुई भारतीय पर्वतारोहीहरूको मृत्यु भएको हो ।

    images

    सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय नागरिक अरुण कुमार तिवारी र सन्दीप आरेको मृत्यु भएको हो । दुवै पर्वतारोही २१ मे २०२६ मा शिखरमा पुगेका थिए र त्यसपछि ओर्लने क्रममा बिरामी परेका थिए।
    शिखरबाट ओर्लने क्रममा चार शेर्पा पर्वतारोहीहरूको सहयोग गरे पनि अन्ततः तिवारीको हिलारी स्टेप नजिकै मृत्यु भएको थियो ।

    शेर्पा उद्धारकर्ताहरूको टोलीले तल झारेपछि क्याम्पमा उनले अन्तिम सास फेरेकाे एभरेष्ट टुडेले जनाएकाे छ ।

    थप बिवरण आउन बाँकी छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार