Oct 31 2026 | २०८३ कार्तिक १५ गते

नेपाली सेना

जोखिमपूर्ण काम गर्ने सैनिकलाई भत्ता, सेनामा दरखास्त दिने सूचना अब २१ दिनमात्र

जोखिमपूर्ण काम गर्ने सैनिकलाई भत्ता, सेनामा दरखास्त दिने सूचना अब २१ दिनमात्र

शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ । नेपाली सेनामा भर्ना हुनको लागी दरखास्त दिने समय घटाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सैनिक सेवा नियमावलीलाई संशोधन गर्दै दरखास्तको लागि दिइने ३० दिने सूचनाको समय घटाएर २१ दिन कायम गरेका हो । 

    सैनिक सेवा नियमावली (छैटौँ संशोधन) २०८३ स्वीकृत गर्दै मन्त्रिपरिषद्ले परिवर्तित परिस्थितिमा सूचनाको माध्यम परिवर्तन भएको भन्दै दरखास्त दिने समय घटाएको छ ।

    images

    मन्त्रिपरिषद्ले स्वीकृत गरेको सैनिक नियमावली राजपत्रमा प्रकाशित हुने चरणमा छ । सरकारले सेनाको भर्ना छनोट पुरा गरेका वैकल्पिक उम्मेदवारहरूको सूची बढाउने निर्णय गरेको छ । त्यस्तै, सैन्य पदको भर्ना छनोट गर्दा देशभरका युनिटमा एकीकृत योग्यता क्रम बनाउने गरी नियमावली संशोधन गरिएको छ । उदाहरणको लागी लुम्बिनीमा भर्ना हुने सैन्य र कर्णालीमा भर्ना हुने सैन्यहरूको योग्यताक्रम समान हुनेछ ।

    जोखिमपूर्ण काम गर्ने सैनिक कर्मचारीलाई ‘जोखिम भत्ता’ दिने गरी सैनिक नियमावली संशोधन गरिएको रक्षा मन्त्रालयका प्रवक्ता (सहसचिव) मनोज कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘स्वास्थ्य प्रयोगशाला र रेडियो विकिरणयुक्त ठाउँमा काम गर्ने सैनिक कर्मचारीलाई जोखिम भत्ता दिने व्यवस्था नियमावलीमा थप गरिएको छ ।’

    सहसचिव आचार्यका अनुसार शान्ति सेना, विपद् उद्धार, राष्ट्रिय निकुञ्ज, ल्याब र बारुदखानामा काम गर्नेहरूले जोखिम भत्ता पाउनेछन् । त्यस्तै, द्वन्द्वमा अङ्गभङ्ग र घाइते भएकाहरूलाई सुविधा दिने प्रावधान थप गरिएको छ । संशोधन गरिएको नियमावली अनुसार कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाउने सैनिकहरूलाई मरणोपरान्त सुविधा दिइने छ ।

    अध्ययन बिदा र तालिममा जाँदा सैनिक कर्मचारीहरूले फर्केर पुनः सेवा गर्नेछु भनेर ‘कबुलियत’ गर्नुपर्ने भएको छ । विदेश अध्ययनमा गएर धेरै सैनिक नफर्केको भेटिएपछि त्यस्तो प्रावधान राखिएको रक्षा मन्त्रालयका अधिकृतहरू बताउँछन् ।

    मन्त्रिपरिषद्ले सेनाको बढुवा समितिको कम्पोजिसन परिवर्तन गरेको छ । पद अनुसार सिफारिस समिति फेरबदल गरिएको बताइएको छ । 

    प्रमुख सेनानी देखी सहायकरथी सम्मको बढुवा सिफारिस गर्दा विभागीय प्रमुखको रूपमा नीति तथा योजना विभागका प्रमुख अध्यक्ष र सैनिक सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार