Oct 31 2026 | २०८३ कार्तिक १५ गते

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो।

    महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बिहीबार भने २ लाख ५१ हजार ८८५ रुपैयाँ रहेको थियो।

    images

    आज चाँदीको मूल्य भने वृद्धि भएको छ। हिजो प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको छ।

    महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३८५ रुपैयाँ तोकेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार