Oct 31 2026 | २०८३ कार्तिक १५ गते

निर्माण व्यवसायीले आफ्नो छवि सुधार्नुपर्छ : सांसद राई

निर्माण व्यवसायीले आफ्नो छवि सुधार्नुपर्छ : सांसद राई

शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ । सांसद राजेन्द्रकुमार राईले निर्माण व्यवसायीलाई आफ्नो छवि सुधार्न सुझाव दिएका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै राईले व्यवसायीहरू सरकारको पछि मात्र नलागी आफ्ना समस्या स्पष्टसँग राख्नुपर्ने बताए

    उनले निर्माण व्यवसायीले १, २, ३, ४ गरेर आफ्ना समस्या ठोस रूपमा राख्न नसकेको टिप्पणी गरे। ‘सधैँ तेलको भाउ बढेको बहानामा काम रोक्ने र एउटै कुरा दोहोर्‍याउने काम बन्द गर्नुपर्छ’ राईले भने।

    images

    उनले निर्माण व्यवसायीको आम रूपमा राम्रो छवि नभएकाले त्यसलाई सुधारेर काममा गति दिनुपर्नेमा जोड दिए। साथै, उनले रोकिएका आयोजनाहरूलाई व्यवहारिक रूपमा समाधान गर्न सरकारलाई आग्रह गरे।

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार