Oct 31 2026 | २०८३ कार्तिक १५ गते

संसदमा विपक्षीको नारा : निरङ्कुश सरकार मुर्दावाद !

संसदमा विपक्षीको नारा : निरङ्कुश सरकार मुर्दावाद !

बिहिवार, जेठ ७ २०८३
  • काठमाडौँ । विपक्षी राजनीतिक दलका सांसदहरूले  प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको उपस्थिति खोज्दै  विरोध गरे पनि सभामुखले डीपी अर्यालले पेलेर संसद् चलाएपछि विपक्षी दल एमाले, नेकपा लगायतका सांसदले संसदमै नाराबाजी गरेका हुन् ।

    विपक्षीको विरोधका कारण पहिलो बैठक स्थगित गरेका सभामुखले बिहीबारको दोस्रो बैठक विपक्षीका माग मुद्दा सम्बोधन गर्न छाडेर पेलेर अघि बढेका हुन् । 

    images

    सभामुख अर्यालले बैठकको कामकारबाही अघि बढाएपछि विपक्षी सांसदहरूले संसदमा नाराबाजी गरेका हुन् । उनीहरुले संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद र निरङ्कुश सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।

    विपक्षीको विरोध कायमै रहेका बेला सभामुख अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली र राष्ट्रिय विधि विज्ञान विधेयक अघि बढाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार