Oct 31 2026 | २०८३ कार्तिक १५ गते

विपक्षी अवरोधबिच अगाडि बढे सभामुख

विपक्षी अवरोधबिच अगाडि बढे सभामुख

बिहिवार, जेठ ७ २०८३
  • काठमाडौँ । विपक्षी दलहरूको अवरोधका बिच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका छन् । पहिलो बैठकमा अवरोध गरेपछि १५ मिनेट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढेका हुन् ।

    प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढेका हुन् । 

    images

    प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट विपक्षीको अवरोधका बिच कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियो भन्ने प्रस्ताव पेस गरेकी छन् ।

    अहिले विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी सहितले रोस्टममा पुगेर नाराबाजी गरिरहेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार