काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय केन्द्रीय पदाधिकारीको बरियताक्रम प्रस्ताव गरेका छन् । जेठ ४ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले सचिवालय सदस्यहरूको बरियताक्रम प्रस्ताव गरेका हुन् । उक्त प्रस्तावमाथि शुक्रबार बस्ने बैठकले निर्णय गर्नेछ ।
प्रस्तावित बरियताक्रमअनुसार पार्टी अध्यक्ष ओलीपछिको दोस्रो वरियता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ प्रस्ताव गरिएका छन् । वरियताको अन्तिममा सचिव महेश बस्नेत प्रस्ताव भएका छन् ।



