Oct 31 2026 | २०८३ कार्तिक १५ गते

पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग

पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग

बुधवार, जेठ ६ २०८३
  • काठमाडौँ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख धरौटी माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्ववय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई ५० लाख नगद धरौट वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो । 

    मङ्गलवार नै सो आदेश भएपछि धरौटी रकमबारे इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको हो । पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई २०८२ पुस १७ मा विशेष अदालतले थुनामा राख्न आदेश गरेको थियो । सो आदेश अनुसार उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा थिए ।

    images

    सर्वोच्चले पूर्वमन्त्री रन्जिता श्रेष्ठको हकमा विशेष अदालतले २०८२ फागुन १० मा गरेको आदेश सदर गरेको छ ।




    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार