Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ

सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ

बुधवार, जेठ ६ २०८३
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन् । 

    बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका हुन् ।

    images

    सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरूको विरोध रहेको उनले बताए । उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे ।

    सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगायत आफूहरूका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार