Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो, कहाँबाट फिर्ता गर्दै छौं : हर्क साम्पाङ

सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो, कहाँबाट फिर्ता गर्दै छौं : हर्क साम्पाङ

बुधवार, जेठ ६ २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार सदन र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा उनले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको बताएका हुन् ।

    images

    उनले भने, ‘हामीले हाम्रो व्यक्तिगत प्रश्न नभएर सरकारको प्रश्न सरकारका सम्बन्धित मन्त्रालयलाई सोध्न चाहेका छौं । सीमा नाकादेखि लिएर महंगी नियन्त्रण तथा सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो ?कहाँबाट फिर्ता गदैै छौं भन्ने कुरामा हामीले थुप्रै्र प्रश्न राख्न खोजेको छौं ।

    तर सम्बन्धित मन्त्रीहरु सदनमा आउँदै नआउने ।जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ ? प्रश्नको उत्तर दिने उहाँहरुको कर्तव्य हो । त्यो कर्तव्यबाट सरकार भागेको छ ।’

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार