Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सशस्त्रका १३ जना डीएसपी एसपीमा बढुवा सिफारिस

सशस्त्रका १३ जना डीएसपी एसपीमा बढुवा सिफारिस

बुधवार, जेठ ६ २०८३
  • काठमाडौँ । सशस्त्र प्रहरीको साधारण समूहतर्फका १३ जना नायब उपरीक्षक (डीएसपी)हरूलाई उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवा सिफारिसको सूचना प्रकाशन गरेको हो ।

    बढुवा सिफारिस हुनेमा हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई र पङ्कज पौडेल छन् ।

    images

    बढुवा समितिका सदस्य सचिव डीआईजी दीपक अधिकारीले जारी गरेको सिफारिस सूचना अनुसार माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो ।

    सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धीहरूले ७ दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिनुपर्ने छ ।

     


    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार