काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दर्जन राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् ।
सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका ३८ वर्षीय अजित श्रेष्ठलाई विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो । नेपाल एअरलाइन्सको उडानमार्फत आज बिहान पौने १२ बजे भारतको राजधानी नयाँ दिल्ली जाँदै गरेका उनको साथबाट ३७ थान राहदानी बरामद भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए ।
श्रेष्ठले रोमानियाको भिसा लगाउन पासपोर्ट लैजान लागेको बयान दिएको भएतापनि आधिकारिक कागजात पेश गर्न नसकेको प्रवक्ता सिलवालको भनाइ छ ।



