Oct 31 2026 | २०८३ कार्तिक १५ गते

विदेशीलाई गर्भवती बनाएर भागेको आरोप लागेका सांसदमाथि कारवाही प्रक्रिया सुरु

विदेशीलाई गर्भवती बनाएर भागेको आरोप लागेका सांसदमाथि कारवाही प्रक्रिया सुरु

मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद कृष्णकुमार कार्कीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

    मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कार्कीको विषयलाई लिएर चौतर्फी चासो र आलोचना बढेपछि पार्टीले उनीसँग स्पष्टीकरण माग्न लागेको हो । रास्वपा स्रोतका अनुसार चित्तबुझ्दो जवाफ नआए उनलाई कारबाही गर्नेसम्मको तयारी पार्टीले गरेको छ ।

    images

    पीडित २६ वर्षीया नाइजेरियाली युवती रिता अजुको हाल गर्भवती अवस्थामा छिन् र उनले आफूसँग खाने पैसा समेत नभएको गुनासो पोखेकी छन् । आफू गर्भवती भएको जानकारी पाएलगत्तै सांसद कार्की सम्पर्कविहीन बनेको उनको भनाइ छ ।

    ठमेलमा बस्दै आएकी अजुको र कार्की लामो समयदेखि लिभिङ टुगेदर (सहजीवन) मा रहँदै आएका थिए । युवतीका अनुसार उनको इच्छा नहुँदानहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका थिए ।

    गर्भ रहेको थाहा पाएपछि अजुकोले गर्भपतन गर्न चाहे पनि कार्कीले नै त्यसो गर्न रोकेका थिए । अहिले अस्पतालको कागजातमा समेत पतिको नाम कृष्ण कार्की नै उल्लेख छ भने कार्कीले उनलाई ‘माई वाइफ, माई लाइफ’ र ‘माई लभ’ भनी पठाएका सन्देशहरू समेत सार्वजनिक भएका छन् ।

    सांसद कार्की यसअघि नयाँबानेश्वरस्थित संसद् भवन जलाउने कार्यमा प्रत्यक्ष संलग्न रहेको गम्भीर आरोप लागेका व्यक्ति हुन् । विवादित छवि भएका व्यक्तिलाई टिकट दिएको भन्दै रास्वपाभित्र र बाहिर यसअघि पनि चर्को विरोध भएको थियो ।

    मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएका कार्की वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति हुन् र उनी यो घटना हुनुभन्दा केही दिनअघि मात्र नेपाल आएका थिए ।

    विवादका बीच निर्वाचनमा होमिएका कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलीपकुमार बगडियाले १४ हजार ६२४ मत पाएका थिए ।

    सोही निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल भने १२ हजार ६ सय ६४ मत मात्र ल्याएर तेस्रो स्थानमा सीमित

    भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार