Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बैंकर पिताम्बर खड्का मृत फेला

बैंकर पिताम्बर खड्का मृत फेला

मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । झापाको दमक नगरपालिका वडा नम्बर–८ स्थित लक्ष्मीमार्ग घर भएका बैंकर पिताम्बर खड्का मृत भेटिएका छन् । सोमबार साँझ ४२ वर्षीय खड्का आफ्नो घरको भूइँतलामा झुन्डिएको अवस्थामा मृत भेटिएको झापाका एसपी वसुन्धरा खड्काले बताइन् ।

    मृतक खड्का ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा शाखा प्रबन्धकको रूपमा कार्यरत थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा चार जनाको फोटो पोष्ट गरेर उनीहरूकै कारण ‘आत्मघाती’ कदम चालेको उल्लेख गरेका छन् । मृतकले दिपचन्द्र रेग्मी, अनामिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक फोटो सार्वजनिक गरेका हुन् ।

    images

    पोस्टमा उनले उनीहरूकै कारण आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका । उनले नाम उल्लेख गरेका मध्येका सुरेन्द्र रेग्मी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ हुन् ।

    कोठामा रहेको सिलिङ फ्यानको हुकमा डोरीको पासो लगाएर झुन्डेको अवस्थामा शव निकालेर पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको एसपी खड्काले जानकारी दिइन् । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ । एसपी खड्का भन्छिन्, ‘घटना के कस्तो कारणले भएको हो भनेर परिवारका सदस्यहरूसँगको समन्वयमा अनुसन्धान भइरहेको छ ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार