Oct 31 2026 | २०८३ कार्तिक १५ गते

प्रतिनिधि

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको विरोध जारी, लगातार दोस्रो दिन देखायो प्लेकार्ड

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको विरोध जारी, लगातार दोस्रो दिन देखायो प्लेकार्ड

मंगलवार, जेठ ५ २०८३
  • काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ । 

    बैठक सुरु भएलगत्तै सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् । 

    images

    संसद्को कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अङ्कित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए ।

    उक्त दलले सोमवारको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन पनि संसद् बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो । 

    सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । त्यसपछि बैठक अघि बढेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार