Oct 31 2026 | २०८३ कार्तिक १५ गते

के कसुरमा पक्राउ परे : दुर्गा प्रसाईं

के कसुरमा पक्राउ परे : दुर्गा प्रसाईं

मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति पर्साको वीरगञ्जबाट पक्राउ परे थिए ।

    जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई वीरगञ्जको दियालो होटलबाट पक्राउ गर्‍यो । प्रसाईंलाई पक्राउ गर्न गएका बेला वादविवादसमेत भएको थियो । त्यतिबेला के कारणले पक्राउ गरिएको हो भन्ने प्रहरीले प्रष्ट बताएको थिएन ।

    images

    अहिले पनि प्रसाईं प्रहरी हिरासतमै छन् । उनी कुन कसुरमा पक्राउ परेका हुन्, प्रहरीले कुन कसुरमा अनुसन्धान अघि बढाएको छ भन्ने प्रश्नमा पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले पर्साले  दिएका अभिव्यक्ति लगायतमाथि अनुसन्धान भइरहेको बताए ।

    ‘उहाँले दिएका अभिव्यक्तिहरु, सार्वजनिक शान्तिमा खलल पुर्‍याएको विषयहरु दुर्गा प्रसाईं पक्राउ पर्नुको हुन बस्नेतले भने । प्रसाईंविरुद्ध म्याद थप भने भइसकेको छैन ।

    राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

    वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेको बताइएको छ ।

    सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।




    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार