Oct 31 2026 | २०८३ कार्तिक १५ गते

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब ३ः ३० बजे आगलागी भएको हो ।

    नजिकै रहेको फोहर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

    images

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको मद्दतमा ४ः ०० बजे आगो नियन्त्रणमा लिइएको उनले बताए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार