Oct 31 2026 | २०८३ कार्तिक १५ गते

लाक्पा द्दारा ११ औ पटक सगरमाथाको सफल आरोहण,बन्यो विश्व किर्तिमान

लाक्पा द्दारा ११ औ पटक सगरमाथाको सफल आरोहण,बन्यो विश्व किर्तिमान

आइतवार, जेठ ३ २०८३
  • काठमाडौं । नेपाली पर्वतारोही लाक्पा शेपाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन् ।

    लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमान कायम गरेकी हुन् । आज नै नेपाली पर्वतारोही कामरिता शेर्पाले ३२ औं पटक समगरमाथाको सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गरेका थिए । 

    images

    सेभेन समिट ट्रेकका अनुसार उनले आज बिहान ९ः३० बजे सगरमाथाको चुचुरोमा पुग्दै पुनः इतिहास रच्न सफल भएकी हुन् । यससँगै उनी सगरमाथा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्वकै पहिलो र एक्लो महिला समेत बनेकी छिन् ।

    यस अद्भुत उपलब्धिसँगै उनले आफ्नो साहस, आत्मविश्वास, शक्ति र पर्वतप्रतिको समर्पणमार्फत विश्वभरका पर्वतारोही तथा महिलाहरूलाई निरन्तर प्रेरणा दिइरहेको छ,’ उनको  सफल आरोहण पछि ट्रेकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार