काठमाडौँ । प्रहरीले सिन्धुपाल्चोकबाट भन्सार छलेर ल्याएको भेप ‘इलेक्ट्रिक चुरोट’ बरामद गरेको छ । जेठ १ मा भोटेकोसी गाउँपालिका वडा नम्बर–३ स्थित गंजेखोलाबाट १६ सय २० थान भेप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी जेशी साहले बताए ।
सो भेपको बजार मूल्य ५६ लाख ७० हजार अनुमान गरिएको छ । चीनबाट लुकाएर ल्याउँदै गरेको भेप सहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका वडा नम्बर–४ घर भएका ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकाश विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मङ्गलबहादुर थामी, बाह्रबिसे घर भएका ४२ वर्षीय कान्छा तामाङ र ३३ वर्षीय कैलाश तामाङ छन् ।
आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी तातोपानी भन्सार कार्यालयमा बुझाइएको डीएसपी शाहले जानकारी दिए ।



