Oct 31 2026 | २०८३ कार्तिक १५ गते

प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ

प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ

आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ  । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको पछिल्लो विवरणअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो।


    मूल्य घटेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो।

    images

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबारको तुलनामा ३ हजार ८ सय ५५ रुपैयाँले कम हो।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला ३ सय ३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३८ रुपैयाँ तोकिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ। 

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार