Oct 31 2026 | २०८३ कार्तिक १५ गते

देउवा पक्षको बागमती प्रदेशस्तरीय भेला

देउवा पक्षको बागमती प्रदेशस्तरीय भेला

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बुधबार काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला आयोजना गरेको छ। पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने उद्देश्यका साथ बागमती प्रदेशका नेता तथा कार्यकर्ताहरूको भेला बोलाइएको हो।

    निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले यो भेलाको संयोजन गरेको छ। यसअघि नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा वैशाख २३ गते बसेको समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो। 

    images

    पार्टीको आन्तरिक संगठन र वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न यो भेला महत्त्वपूर्ण हुने नेताहरूको भनाइ छ। यसअघि यो समूहले कोशी प्रदेशको विराटनगरमा प्रदेशस्तरीय भेला सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार