Oct 31 2026 | २०८३ कार्तिक १५ गते

प्रतिनिधि सभा

प्रतिनिधि सभाको सचिवमा पूर्वकर्मचारी प्रकाश अधिकारी सिफारिस

प्रतिनिधि सभाको सचिवमा पूर्वकर्मचारी प्रकाश अधिकारी सिफारिस

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको  सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । 

    यसअघिका सचिव हर्कराज राईलाई हटाएर सभामुख अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । सङ्खुवासभा निवासी अधिकारी नेपाल सरकारको उपसचिव पदबाट निवृत्त भएका पूर्वकर्मचारी हुन् ।

    images

    संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

    स्रोतका अनुसार संघीय संसद्का महासचिव,प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम विशिष्ट श्रेणीको सचिव सरहको सेवा सुविधा पाउने गरी प्रतिनिधिसभा सचिवमा उनको नाम राष्ट्रपति समक्ष सिफारिस भएको हो । तर, राष्ट्रपतिले नियुक्ति भने गरिसकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार